कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न ७ सदस्यीय संसदीय विशेष छानबिन समिति बन्यो

कुन कुन पार्टीबाट को को परे
  • नेपाल विचार
  • / अन्य /
  • २०८२ अषाढ २३, सोमबार (१ साल अघि)
  • ४७९ पटक पढिएको
कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न ७ सदस्यीय संसदीय विशेष छानबिन समिति बन्यो

काठमाडौँ । कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठन गर्ने ७ सदस्यीय संसदीय विशेष छानबिन समितिको नाम टुङ्गिएको छ ।
संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन हुने समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १–१ जना सदस्य हुने सहमति दलहरूबिच भइसकेको छ ।
सभामुखको सचिवालयका अनुसार समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा रहनेछन् । नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्कीलाई सदस्य बनाउन नाम सभामुख घिमिरेलाई दलहरूले उपलब्ध गराएका सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकहरूबिच शनिबार भएको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो । सहमति अनुरूप आज प्रतिनिधिसभाबाट समिति घोषणा गरिनेछ ।
समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइनेछ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

कर्णाली

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कोशी

बागमती