सोलुखुम्बुमा अपाङ्गता रोकथाम तथा पूनः स्थापना कार्यक्रमको समीक्षा सम्पन्न

सोलुखुम्बुमा अपाङ्गता रोकथाम तथा पूनः स्थापना कार्यक्रमको समीक्षा सम्पन्न

सोलुखुम्बु जिल्लामा सञ्चालित अपाङ्गता रोकथाम तथा पूनः स्थापना कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । कोशी प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेसनको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रमले आर्थिक वर्ष २०८१–०८२ मा सञ्चालन गरेको कार्यक्रमहरूको वार्षिक समीक्षा गरिएको हो ।

यही श्रावण २८ गतेका दिन भएको समीक्षा कार्यक्रममा जिल्लाका सबै स्थानीय तहहरूमा आर्थिक वर्ष २०८१–०८२ मा सञ्चालन गरिएको विभिन्न कार्यक्रमका लक्ष्य र प्राप्त उपलब्धीका साथै कार्यक्रम सञ्चालनका क्रममा देखिएका चुनौतीहरूका बारेमा छलफल गरिएको थियो ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सोलुखुम्बुका सबै स्थानीय तहहरुका उप प्रमुखहरू, सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका सानुमाया घिसिङ, स्वास्थ्य कार्यलय सोलुखुम्बुका प्रमुख, महिला तथा वाल बालिका शाखा प्रमुखहरू, अपाङ्गता भएका ब्यक्तिहरूको संस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सोलुखुम्बुमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रमको वित्तिय प्रगति ७६.०८ प्रतिशत रहेको करुणा फाउण्डेसन नेपालका वरिष्ठ अधिकृत बिक्रम बस्नेतले बताएका छन ।

 

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

कर्णाली

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कोशी

बागमती