बिगुटारमा बन्यो रस्ट्रिक स्टोर केन्द्र

बिगुटारमा बन्यो रस्ट्रिक स्टोर केन्द्र

सिद्धिचरण नगरपालिका ७ ओखलढुङ्गाको बिगुटारमा आलु खेती गर्ने किसानहरूका लागी बिउ आलु भण्डारण गर्ने आलु भण्डारण केन्द्र ( रस्ट्रिक स्टोर ) निर्माण भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइ ओखलढुङ्गाले ग्रीन भ्याली ताजा तरकारी कृषक समुहका लागी आलु सङ्कलन केन्द्र निर्माण गरि दिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाई ओखलढुङ्गाको रु १५ लाख रुपैयाँ र ग्रीन भ्याली ताजा तरकारी कृषक समुहका सदस्यहरूको २ लाख ६८ हजार ८५४ बराबरको श्रमदान गरि कुल १७ लाख ६८ हजार ८५४ रुपैयाँ लागतमा आलु भण्डारण केन्द्र ( रस्ट्रिक स्टोर ) निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाई ओखलढुङ्गाले जनाएको छ ।

रस्ट्रिक स्टोर बिउ आलु भण्डारणमा प्रयोग गरिने प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइ ओखलढुङ्गाका निमित्त वरिष्ठ कृषि अधिकृत हेम बहादुर आले मगरले बताउनु भएको छ । रस्ट्रिक स्टोरमा ३ देखी ६ महिना सम्म बिउ आलु भण्डारण गर्न सकिने उहाँको भनाई रहेको छ । साथै रस्ट्रिक स्टोरमा बिउ आलु भण्डारण गर्दा आलुको टुसा राम्रो आउने र आलु भण्डारणमा लाग्ने रोग किराहरुबाट आलुलाई बचाउन सकिने उहाँको भनाई रहेको छ ।

यो भन्दा अघि बिउ आलु भुईँमै भण्डारण गर्ने गरिएको ग्रीन भ्याली ताजा तरकारी कृषक समुहका कृषकहरूले बताएका छन । भुईँमा बिउ आलु भण्डारण गर्दा आलु कुहिने, चाउरी पर्ने, ढुसी पर्ने लगायतको समस्याले सताउने गरेको ग्रीन भ्याली ताजा तरकारी कृषक समुहका सचिव कुमारी कटवालको भनाई रहेको छ । अब रस्ट्रिक स्टोर बने पछि आलुको बिउमा लाग्ने रोगहरूबाट यस भेगका किसानहरू मुक्त हुनेमा आफू बिश्वास्त रहेको सचिव कटवालको भनाई रहेको छ ।

ग्रीन भ्याली ताजा तरकारी कृषक समुहमा ३५ जना किसानहरूको आवद्धता रहेको छ । निर्माण गरिएको रस्ट्रिक स्टोरमा कुल ८ टन मात्रै आलुको बिउ भण्डारण गर्न सकिने सिद्धिचरण नगरपालिका ७ का वडा अध्यक्ष भल बहादुर कटवालले बताउनु भयो । यहाँका किसानहरूले बिउ आलु धेरै मात्रामा भण्डारण गर्ने गरेकाले किसानहरूको सबै आलुको बिउ रस्ट्रिक स्टोरमा भण्डारण गर्न नसकिने अध्यक्ष कटवालको भनाई रहेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

कर्णाली

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कोशी

बागमती