प्रदिप सुनुवारको पहलमा पहिरे खोलामा बन्ने भयो मोटर पुल

पूर्वाधार विकास कार्यालय ओखलढुंगा र यति निर्माण सेवा सोलुखुम्बु बिच सम्झौत
प्रदिप सुनुवारको पहलमा पहिरे खोलामा बन्ने भयो मोटर पुल

ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा पर्ने पहिरे खोलामा पक्की मोटर पुल निर्माण हुने भएको छ । कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा पक्की पुल निर्माण हुन लागेको हो । पुल निर्माणका लागी पूर्वाधार विकास कार्यालय ओखलढुङ्गा र यति निर्माण सेवा सोलुखुम्बु बिच सम्झौता भएको छ ।

कुल ३ करोड ७२ लाख ६६ हजार ७३८ रुपैयाँमा २ वर्षको समय अवधि भित्र निर्माण सम्पन्न गर्ने गरि पूर्वाधार विकास कार्यालय ओखलढुङ्गा र निर्माण कम्पनी बिच सम्झौता भएको छ । पुल निर्माणको लागी बजेट विनियोजन गर्न कोशी प्रदेश सभाका लागी ओखलढुङ्गा प्रदेश क्षेत्र  क का सांसद प्रदिप कुमार सुनुवारले पहल गरेका थिए । सांसद सुनुवारको पहलमा पहिरे खोलामा मोटर पुल निर्माणका लागी कोशी प्रदेश सरकारले आर्थिक बर्ष २०८२–०८३ को बजेटमा पुल निर्माणका लागी श्रोत सुनिश्चिता गरेको हो । ओखलढुङ्गाको पश्चिम भेग मोलुङ गाउँपालिका, खिजि देम्बा गाउँपालिका, चम्पादेवी गाउँपालिका, सुनकोशी गाउँपालिका लगायतका पालिकाहरूका नागरिकहरूलाई वर्षा याममा आवत जावत गर्न वर्षाको समयमा निक्कै कठिनाइ हुने गरेकाले पहिरे खोलामा मोटर पुल निर्माणका लागी आफूले पहल गरेको कोशी प्रदेश सभा सदस्य प्रदिप कुमार सुनुवारले बताउनु भयो ।

यसै गरि कोशी प्रदेश सरकारका भौतिक विकास मन्त्री भुपेन्द्र राई, भौतिक विकास राज्य मन्त्री भुमि प्रसाद राजवंशी र भौतिक विकास मन्त्रालयका सचिव अशोक कुमार शाहले पहिरे खोलाको मोटर पुल बन्ने स्थानमा संयुक्त अनुगमन गरेका छन । अनुगमनका क्रममा मन्त्री राईले पहिरे खोलामा पुल निर्माण गर्न बहु वर्षीय योजनाका लाग श्रोत सुनिश्चितताका साथै टेन्डर समेत भएकाले एक वर्ष भित्र पुल निर्माण हुने बताउनु भएको छ । यसै गरि जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराईले पहिरे खोलेको पुल समयमै निर्माण सम्पन्न गर्न सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । पुल समयमै निर्माण सम्पन्न गर्न र गुणस्तरीय पुल निर्माण होस भन्नका लागी आफुले बेला बेलामा अनुगमन गरेर सकारात्मक सुझाव दिने प्रमुख भट्टराईको भनाई रहेको छ ।

पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाका पमुख गंगा सागर यादवले पुल समयमै निर्माण सम्पन्न गर्न आफूले निर्माण कम्पनी सँग सक्दो सहकार्य गर्ने बताएका छन ।

यति निर्माण सेवा सोलुखुम्बुका सञ्चालक आङदावा शेर्पाले वर्षा याम सकिए लगतै पुल निर्माणको काम थालनी गर्ने बताएका छन । सञ्चालक शेर्पाले यो पुल अति आवश्यकीय रहेकाले समय भन्दा अगावै निर्माण गरि सक्ने प्रतिवद्धता समेत गरेका छ न ।

निर्माण हुन लागेको मोटर पुलको लम्बाइ ४० मिटर, चौडाइ गाडी मार्ग ६ मिटर र पैदल मार्गको लागी १.२ मिटरको रहने पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

कर्णाली

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कोशी

बागमती