ओखलढुङ्गामा फेरिदै तीज मनाउने शैली

यहाँका महिलाहरू अचेल गरिब, अशाहय तथा दुखीहरूलाई बिभिन्न सामाग्रीहरू वितरण गरेर तिज मनाउन थालेका छन
ओखलढुङ्गामा फेरिदै तीज मनाउने शैली

ओखलढुङ्गामा पछिल्लो समय तीज मनाउने शैलीमा परिवर्तन देखिन थालेको छ । नाच गानका साथै भोज भतेर गरेर रमाइलाका साथ तिज मनाउँदै आएका यहाँका महिलाहरू अचेल गरिब, अशाहय तथा दुखीहरूलाई बिभिन्न सामाग्रीहरू वितरण गरेर तिज मनाउन थालेका छन ।

यसै क्रममा जिल्लामा क्रियाशील रहेका बिभिन्न महिला अधिकारकर्मीहरूको संस्थाले यही भदौ २ गतेका दिन सिद्धिचरण नगरपालिकाका अपाङ्गता भएकाहरूलाई बिभिन्न प्रकारका सामाग्रीहरू वितरण गरेका छन । जिल्लामा क्रियाशील रहेका महिला सुरक्षा जालो, ग्रामीण महिला जागरण र मेचीमहाकाली बुहारी संस्थाका सदस्यहरूको सक्रियतामा सिद्धिचरण नगरपालिका ३ का ८ जना अपाङ्गता भएकाहरूलाई सहयोग गरिएको हो ।

प्रत्येक सदस्यहरूले ५ सय रुपैयाँका दरले सहयोग रकम सङ्कलन गरेर सहयोग गरिएको महिला सुरक्षा जालोका सदस्य तथा जिल्ला समन्वय समिति ओखलढुङ्गाका सदस्य भिमकुमारी कटवालले बताएका छन । उनीहरूलाई बिस हजार रुपैयाँ बराबरको सामाग्री सहयोग सदस्य कटवालको भनाई रहेको छ ।

 

नगरपालिकाको एउटै वडामा रहेका ति ८ जना अपाङ्गता भएकाहरूलाई ट्रयाकसुट, चप्पल, मञ्जन, ब्रस र फलफूल वितरण गरिएको महिला सुरक्षा जालोका सदस्य तथा परिवर्तनशील महिला सामुदायिक संस्थाका अध्यक्ष पेमडोमा शेर्पाले जानकारी दिनु भयो ।

हरितालिका तीजको अवसरमा सिद्धिचरण ३ का एकै परिवारका जीवन राई, राजन राई, शन्ता राई र सन्तोषी राई सहयोग गरिएको ग्रामीण महिला जागरणका कार्यक्रम संयोजक विमला धमलाले बताएका छन । यसै गरि सिद्धिचरण नगरपालिकाकै सोही वडाका भीम बहादुर राई, राम कुमार राई, महेश बि क र उत्तम बि क लाई सहयोग सामाग्री वितरण गरिएको संयोजक धमलाको भनाई छ ।

महिला सुरक्षा जालोले विगत ३ वर्ष देखी नै तीजको अवसरमा बिभिन्न सामाजिक कामहरू गर्दै आएको छ । शुरुको आर्थिक वर्ष २०७९÷०८० मा ओखलढुङ्गा सामुदायिक मिसन अस्पतालमा उपचारमा रहेका बिरामीहरूलाई दर खुवाएर तीज मनाएको जालोका सदस्यहरूले गएको आर्थिक वर्षमा ओखलढुङ्गा कारागारमा रहेका कैदीबन्दीहरूलाई खाना खुवाएर तीज मनाएका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

कर्णाली

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कोशी

बागमती