
ओखलढुङ्गाको मोलुङ गाउँपालिका ६ श्रीचौरमा भरुवा बन्दु,क सहित एक जना परुष मृ,त अवस्थामा फेला परेका छन । मोलुङ गाउँपालिका वडा नम्बर ६ मंसिरे निवासी कर्णबहादुर तामाङको ला,स भरुवा बन्दु,क सहित सोमवार बिहान जङ्गलमा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक मनिस लुइँटेलले बताउनु भएको छ ।
घाँस काट्न गएका स्थानीयले श,व देखे पछि प्रहरीलाई खबर गरेका थिए । मृतक तामाङ आइतबार बिहान देखी घरबाट हिँडेको पारिवारिक श्रोतको भनाई रहेको छ । खबर पाउन साथ प्रहरी चौकी श्रीचौरका प्रहरीहरू घटना स्थलमा पुगेका छन ।
थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक मनिस लुइँटेलको टोली घटना स्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले बताएका छन ।

उहाँ लिला नेपाल विचार डट कम का लागि प्रधान सम्पादक तथा संवाददाता हुनुहुन्छ |