
ओखलढुङ्गा । मानेभञ्ज्याङ्ग ९ माधवपुरका ११ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान गरिएको छ । महिलाहरूको पर्व तिजको अवसरमा मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नम्बर ९ का महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई यहि भदौ ७ गते सम्मान गरिएको हो ।

मानेभञ्ज्याङ्ग गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा वडा स्तरिय आमा समुह सञ्जाल विश्वा ज्योति आमा समुह सञ्जाल मानेभञ्ज्याङ्ग ९ ले वडामा रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गरेको हो ।
सम्मानित महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई ढाकाको दोसल्ला ओढाएर सम्मान गरिएको विश्वा ज्योति आमा समुह सञ्जाल मानेभञ्ज्याङ्ग ९ का सदस्य रमिला मगर ( श्रेष्ठ ) ले बताएका छन । महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको सदस्य मगरको भनाई छ ।

यसै गरि सोहि कार्यक्रममा विश्वा ज्योति आमा समुह सञ्जाल मानेभञ्ज्याङ्ग ९ को भवन निर्माणका लागी जग्गा प्रदान गर्नु हुने जग्गा दाता लाई पनि सम्मान गरिएको छ । जग्गा दाता मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नम्बर ९ निवासी पूर्ण बहादुर राईलाई सम्मान गरिएको हो । जग्गा दाता राईलाई सम्मान पत्र सहित दोसल्लाले सम्मान गरिएको छ ।
तिजको अवसरमा विश्वा ज्योति आमा समुह सञ्जाल मानेभञ्ज्याङ्ग ९ ले भदौ ७ गते महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान तथा दर खाने कार्यक्रमको आयोजना गरेको थियो ।


उहाँ लिला नेपाल विचार डट कम का लागि प्रधान सम्पादक तथा संवाददाता हुनुहुन्छ |